May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

संविधान र व्यवस्था फेल गर्ने षडयन्त्र भइरहेको छ – पूर्वप्रधानमन्त्री डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको बताउनुभएको छ ।

सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो दावी गर्नुभएको हो । डा. भट्टराईले भन्नुभयो ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’ ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन ।

चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततस् संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’ उहाँले भन्नुभयो । उहाँले सर्वोच्चबाट संसद पुनस्स्थापना भए त्यो नै सबैभन्दा उपयुक्त निकास हुने समेत उहाँले दावी गर्नुभयो ।

Advertisement