May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

सभामुख सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाउनुभएको छ ।

सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाउनुभएको हो । सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उहाँका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

 

Advertisement