कोरोनाभाइरस, संसार त्रासमय

सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ।

Advertisement

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ।

इरानमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ। युकेले थप दुई सङ्क्रमण भएको जनाएको छ। त्यहाँ १५ जना सङ्क्रमित भएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताए।

अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ। बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ। तिनमा ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन्।

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्‍कालीन योजना बनाएको घोषणा गरेका छन्।

सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ।