कुवेतमा पनि कोरोना भाइरस

कुवेतमा पनि कोरोना भाइरसका संक्रमित बिरामी भेटिएपछि यहाँको राष्ट्रिय दिवसका कार्यक्रम स्थगित गरिएका छन् । कुवेत सरकारको मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र स्वतन्त्र दिवसको अवसरमा छुट्टीमा मनाउन लागिएका सबै उत्सवहरू रद्द गराएको छ । सार्वजानिक कार्यहक्रमहरुमा भिडभाड हुने भएकाले कोरोना फैलने जोखिम रहेको भन्दै स्थगित गरेको हो ।

कुवेतको स्वास्थ्य मन्त्रालयले यहाँ थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यससँगै संक्रमितको संख्या ५ पुगेको छ । इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा सोमबार तीन जनामा संक्रमण भेटिएकोमा त्यसपछिको उडानमा आएका थप २ जना महिलामा पनि संक्रमण भेटिएको हो ।

मन्त्रालयका अनुसार कुवेतमा भेटिएका पहिलो संक्रमित व्यक्ति ५३ वर्षका कुवेती नागरिक हुन् । दोस्रो व्यक्ति ६१ वर्षका साउदी नागरिक हुन् र तेस्रो व्यक्ति २१ वर्षका युवक हुन् जसको राष्ट्रियता पुष्टि हुन सकेको छैन । अर्को उडानमा आएका २ महिलाको उमेर २८ वर्ष र ५८ वर्ष रहेको बताइएको छ ।

Advertisement