अब तीन मार्चमा फाँसी: निर्भया केस

सामूहिक बलात्कारको शिकार भएकी निर्भयाका सबै दोषीलाई फाँसी दिन पटियाला हाउस कोर्टले नयाँ मिति तोकेको छ। नयाँ मितिअनुसार दोषी चारै जनाको ३ मार्चका दिन बिहान ६ बजे फाँसी हुने भएको हो।

Advertisement

कोर्टले यो फैसला निर्भयाका माता–पिताको जाहेरीमा सुनाइएको हो, जसमा उनीहरुले चारै जना दोषीलाई नयाँ फाँसीको मिति तोक्न माग गरेको थिए।

भारतीय सञ्चार माध्यममा बोल्दै निर्भयाका माता–पिताले कोर्टको यो निर्णयदेखि आफूहरु खासै खुसी नभएको बताएका छन्। निर्भयाकी आमाले भनेकी छन्, ‘आशा गरौँ मार्च ३ को मिति अन्तिम होस्, यो कारणले हामी खुसी छैनौँ कि यो फाँसीको मिति तोकेको तेस्रो पटक हो तर पनि हामी खुसी छौँ किनभने हामी यति धेरै संघर्ष गरिरहेका छौँ।’

‘म आजको निणर्यबाट सन्तुष्ट छु। कयौँ पटक मानिस हरेस खाएर पछाडि हटिरहेका हुन्छन्, तर हामी लड्दै आइरहेका छौँ’ उनले भनेकी छन्।