‘सन्तान राम्रो देशमा हुर्किउन् भन्ने चाहन्छु’ : प्रहरी मेजर अजिज नाशर (इराक)

इराकको हालैका युद्ध, आक्रमण, अत्याचार र साम्प्रदायिक हिंसाको इतिहासले मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात पारेको छ। आफ्ना बालबालिकाको लालनपालनका निम्ति इराक कहिले राम्रो देश बन्ला भनेर कल्पना गर्न गाह्रो छ।

Advertisement

लापरवाही र प्रतिस्पर्धाको अभावका कारण इराकका सार्वजनिक निकायहरू यति गए गुज्रेको भएका छन् कि खत्तम हुने विन्दुमा पुगिसके।

अर्थतन्त्र निकै खराब भएको छ, भोकमरी व्याप्त छ र देशका राजनीतिक नेताहरूले सबै सम्मान गुमाइसके।

आर्थिक कठिनाइ र व्यापक भ्रष्टाचारका कारण हजारौँ मानिसहरूले सडकमा विरोध प्रदर्शन गरेका छन् र अराजकता व्याप्त छ।

प्रदर्शनका कारण सयौँ मानिसहरूले ज्यान गुमाएका छन्। यस्तो अव्यवस्थाकामाझ एउटा आशाको किरण देखापरेको छ। र त्यो आशाको किरण बग्दादको प्रहरी मेजर अजिज नाशरको रूपमा आश्चर्यजनक रूपमा उदाएको छ।

आफूलाई देशभक्तका रुपमा स्वयं स्वीकारेका मेजर काम गरिरहने खालका मानिस हुन्।

उनी नयाँ पुस्ताका पुलिस कमान्डरमध्ये एक हुन् र देख्नमा आधुनिक देखिन्छन्, मिडियाको प्रयोग राम्रो सँग जानेका छन् र जनताको सेवा गर्न प्रतिवद्ध छन्।

सार्वजनिक मामिलासम्बन्धी विभागका प्रमुख रहेका उनको सामाजिक सञ्जालमा राम्रै उपस्थिति छ।

कहिलेकाहीँ उनलाई सहायता वा सुझावका लागि एकै दिनमा १० हजार अनुरोध पनि आउँछन्।

उनको व्यक्तिगत उद्देश्य भनेको बग्दादको प्रहरीको कमजोर छवि उकास्नु हो।

अस्तित्वमै नरहेका सार्वजनिक सेवाले उत्पन्न गराएका खाडललाई पुर्न उनी मानिससम्म पुग्न चाहन्छन्।

सद्दामको पालामा बग्दादको प्रहरी फौजले त्यतिबेलाको दमनकारी शासनकाल इमानदारीपूर्वक सञ्चालन गरे।