May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा ,प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएका पूर्व भनियका प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईकोविरुद्ध ललिता निवास प्रकरणमा दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेशी परेको छ।शुक्रवार सुनुवाइका लागि आफैले तोकेको पेशीमा राणाले आफ्नै इजलाशमा पेशी तोकेका हुन। ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ती दिएकाले पुनः मुद्दा चलालने आदेशको माग गर्दै बालकृष्ण न्यौपानले रिट दायर गरेका थिए।यो रिटको सुनुवाइ आज प्रधानन्यायाधीशको एकल इजलासमा तेस्रो नम्बरमा परेको छ । अख्तियारले मन्त्रिपरिषदले गरेको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै दुवै पूर्वप्रधानमन्त्रीविरुद्ध आफूले मुद्दा चलाउन नसक्ने ठहर गरेको थियो । अख्तियारको यो ठहरलाई चुनौती दिँदै अधिवक्ता न्यौपानलेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

Advertisement