May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा अधिवक्ता वालकृष्ण न्यौपानेले रिट दायर गरेका छन । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको र सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।जग्गा फिर्ता गरेको नाउँमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिनु पनि गलत भएको रिटमा उल्लेख गरेका छन् ।

Advertisement