May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

पहिरोका कारण एकै घरका नौसहित दशको मृत्यु

असोज ९ । वालिङ नपा १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ । हिजो बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको बताइएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालक रहेका छन् ।

अन्य सबै परिवारका सदस्यको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवीतै उद्धार गरिएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको तर अवस्था गम्भिर रहेको छ । मृत्यु भएकी उमाकला दिदी मायाँको घरमा पाहुना बस्न आउदाँ पहिरोले पुरेको हो । मृत्यु भएको छ महिने बालक पनि कस्को हो भन्ने नखुलेको र घरमा रहेका सबैको मृत्यु सगै बालकको अभिभावकको मृत्यु समेत भएको छ ।

साँझको खाना खाएर सगै सुतेका नेपाली परिवारको एक छोरी बाहेक सबैको एकै ठाउँमा मृत्यु भएको हो । पहिरोले घर पुरेर नौ जना घरमा रहेका पुरिएपछि स्थानीय, जनपथ प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले उद्धार गरेको हो । यस्तै अविरल वर्षासगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियार निधन भएको अधिकारीले बताउनुभयो । घरमा सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो । यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

Advertisement