May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज देखी यी क्षेत्रमा मात्रै निषेधाज्ञा

असोज १ । । आज देखी होटल तथा रेष्टुरेन्ट नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । उपत्यकामा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश खारेज गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यद्धपी केही कार्यहरुका लागी भने निषेधाज्ञा जारी नै राखिएको छ । ढुवानी र अत्यावश्यक बाहेकका गाडीमा जोर बिजोर प्रणाली, सभा सम्मेलन गर्न नपाईने एवम् सिनेमा हल, स्कुल कलेजलाई अर्को सूचना नआएसम्म निषेधाज्ञा हुनेछ ।

Advertisement