May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

भक्तपुरको क्वारेन्टाईनबाट एक संक्रमित फरार

भाद्र ३१ । भक्तपुर खरिपाटी स्थित क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

खाना खादै गरेको बेला मौका छोपेर उनी फरार भएका हुन् । उनको खोजी कार्य तिब्र रुपमा भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

Advertisement