नेपालमा कोरोना भाइरसको संक्रमण दुई जनामा भेटियो

काठमाडौं – थप एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ। चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। परीक्षणका लागि हङकङ पठाइएका नमुनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस भएको पुष्टि भएकोे हो। २८ वर्षीय पुरुषमा भने कोरोना भाइरसको संक्रमण नभेटिएको अस्पताल स्रोतले जनाएको छ,योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ। यसअघि सरकारले माघ १० गते पत्रकार सम्मेलन गरेर चीनबाट फकिर्एका एक नेपालीमा संक्रमण पुष्टि गरेको थियो।

Advertisement