May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

Advertisement

दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उहाँले जानकारी दिनुभयो ।

ग्रीडमा पानी पसेका कारणले विद्युत् अवरुद्ध भएको र पानी पस्नेक्रम जारी रहेकाले विद्युत् सञ्चालनमा समस्या भएको दुहबीमा रहेको प्राधिकरण दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले जानकारी दिनुभयो ।

बास्ता र टेग्रा खोलाको पानी पसेकाले सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झापासहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको रेग्मीले जानकारी दिनुभयो । दुहबीको १३२ केभी प्रसारण लाइन नै डुबानमा परेकाले विद्युत् पूर्ण अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी र २२०र१३२र३३ केभी इनरुवा सवस्टेसन डुबानमा परेको छ ।

सुनसरी खोला नै सवस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र ९डिसेम्बर २०२१० निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ९चार्ज० लक्ष्यका साथ दुवै सवस्टेसनको काम भइरहेको थियो । बाढीले सवस्टेसनको कम्पाउण्डवाल बगाएको प्रहरीले जनाएको छ ।