May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

मुख्यमन्त्री राईको सवारी लस्करले सडकमा तड्पिरहेका घाइतेलाई बेवास्ता गरी हिँड्यो

काठमाडौं। सोमबार मोरङको बेलबारी ४ मा स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भयका थिय।

पूर्व पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा परी घाइतेहरु सडकमा तड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उद्धार भयन यसैक्रममा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो तर सो लस्करले पनि घाइतेलाई सडकमै छोडेर हिँड्यो।

लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दुर्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सुरक्षाकर्मीलाई उनले उद्धार गर्न भनेनन्। मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गएको केही समयपछि प्रहरी त्यहाँ पुगेर घाइतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइसकेको थियो। घाइते मध्ये खत्रीको निधन भइसकेको छ। अर्को घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement