May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कांग्रेस केन्द्रीय सदस्य (थारु) तर्फको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय सदस्यको (थारु) तर्फको मत परिणाम सार्वजनिक भएको छ । पार्टीको १४ औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्य थारु (खुला) दुई पदमा रामजनम चौधरी (२,५०३) र योगेन्द्र चौधरी (२,१९८) मत प्राप्त गरी विजयी हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य थारु (महिला) मा कल्पना चौधरी (२,५२४) र जीवन राना (२,३४९) मत ल्याएर विजयी हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Advertisement