May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

कांग्रेस केन्द्रीय सदस्य (सुदूरपश्चिम) बाट जोशी, रावल र मिश्र निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

सो पदका अन्य उम्मेदवार गणेशराज भट्ट (४२२), दिवानसिंह विष्ट (१,७१२), पुष्करराज ओझा (४५०) र भरतबहादुर खड्काले (१,८०६) मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) एक पदमा सुशीला मिश्र भट्ट (२,४२२) मतका साथ निर्वाचित हुनुभएको छ । सो पदका अन्य उम्मेदवार चन्द्रादेवी जोशी (१,७६३) र रमिता शाही देउवाले (४०३) मत प्राप्त गर्नुभएको समितिले जनएको छ ।

Advertisement