May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

प्रदेश-२ का पाँच सांसद प्रचण्ड–माधवको साथ छाडेर प्रधानमन्त्री ओलीको पक्षमा

जनकपुरधाम । तत्कालीन माओवादीका पाँच सांसद प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बतायिएको छ्।

तत्कालीन माओवादीका प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डल, दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर, फुलियादेवी र ज्वालाकुमारी साह ओली पक्षमा आएको ओली पक्षले दाबी गरेको छ। तर सिरहा ४ (क) बाट निर्वाचित प्रदेश सांसद दिलीप साहले आफू ओली पक्षमा नगएको प्रतिक्रिया दिएका छन।

प्रदेश-२ मा नेकपाका ३१ सांसद छन् । तत्कालीन माओवादीका पाँच सांसद ओली पक्षमा लागे पनि प्रचण्ड–माधव पक्षमै अधिकतर सांसद रहेका छन् । कतिपय तत्कालीन एमालेका सांसद पनि प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका छन् ।

Advertisement