April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको बताउनुभएको हो ।

सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । विसं २००५ जेठ १५ मा जन्मनुभएका शाहीको आज नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । शाहीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

Advertisement