May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

‘माओवादीले जटिल परिस्थितिको सामना गर्छ’

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशको जटिल परिस्थितिको सामना नेकपा ९माओवादी केन्द्र० ले गर्ने बताउनुभएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टी कटिबद्ध रहेको बताउनुभयो । पार्टी कुनै पनि आधारमा कमजोर नभएको उल्लेख गर्दै मन्त्री बरालले आगामी निर्वाचनमा जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका प्रदेश सदस्य केशव पौडेलले पार्टीभित्रका केही नेतामा भएको नराम्रो गतिविधि एवं व्यवहार त्याग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा–२२ का पार्टी वडा इन्चार्ज त्रिभुवन पौडेलले पुम्दी भुम्दीवासीको जनजीवनमा परिवर्तन हुने कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो । पार्टीका पूर्व वडा सेक्रेटरी गोमा पौडेलले माओवादीले बीचमा बाटो बिराउँदा जनतामा केही भ्रम भएको बताउनुभयो ।

माओवादी केन्द्र पोखरा–२२ का अध्यक्ष चण्डीकाप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा तेजप्रसाद बराल, दण्डपानी बराल, भुवानीप्रसाद बराल, मधु बराल, केशव पौडेललगायतलाई अभिनन्दन गरिएको थियो ।