May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

माधव नेपाल एमालेमै फर्किए कारवाही फिर्ता हुन्छ- अध्यक्ष केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेमै फर्किए कार्वाही फिर्ता हुन सक्ने बताएका छन । एमालेकै तेस्रो धारका नेताहरुबीच आज बालकोटमा भएको छलफलमा पार्टी एकताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन।

Advertisement

छलफलमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताय । बैठकमा सहभागी एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओलीले माधव नेपालहरु एमालेमै फर्किए उहाँहरुमाथिको कारबाही फिर्ता हुने बताएका छन । एमालेमै फर्किए माधवकुमार नेपालले गरेका गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताउनुभएको भट्टराईले जानकारी दिए ।

सचिव भट्टराईका अनुसार माधव नेपालसहितका नेताहरु नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट फिर्ता भए अहिलेसम्मका सबै कारबाही निष्कृय हुने प्रतिबद्धता ओलीले ब्यक्त गरेको बताए । ‘पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरुमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले प्रष्ट पार्नुभएको छ,’ छलफलपछि भट्टराईले भने। छलफलमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनु भएपछि सहमतिका साथ मंगलवार स्थायी कमिटी बैठक बोलाइएको छ ।

सो बैठकमा माधव छाडेका सवै नेताहरु सहभागी हुने भयका छन । ‘अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ, पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनु भएको छ, पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुरानो जिम्मेवारी यथावत राख्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्न आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ,’ भट्टराईले भने ।

सचिव भट्टराईले केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा एमालेलाई क्रियाशील गराइने प्रतिबद्धता अध्यक्षबाट आएको र सोहीअनुसार पार्टी अघि बढने प्रष्ट पार्दै नयाँ पार्टी दर्ता प्रक्रियामा रहेकाहरुलाई एमालेमै फर्कन आग्रह पनि गरे ।