June 1, 2024, Saturday
१९ जेष्ठ २०८१, शनिबार

पार्टी र जनताको आग्रहको कारण भन्दै भीम रावलले फिर्ता लिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष डा।भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताउनुभयो। रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिनुभएको थियो ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिनुभएको थियो । उहाँले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गर्नुभएको छ । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

Advertisement