May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कार्यकर्तालाई संयम रहन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्नुभएको छ ।

सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’

ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने उहाँले बताउनुभयो । आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गर्नुभयो ।ओलीले भन्नुभयो ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’

Advertisement