May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

जसपा बिबाद – महन्थद्वारा उपेन्द्रसँग स्पष्टीकरण माग

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको छ । जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनि स्पष्टीकरण माग्नु भएको हो ।

Advertisement

त्यस्तै पछिल्लो समयमा आफूले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न ठाकुरले गर्नुभएको छ ।

ठाकुरले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन,नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहाँ ठेस पुग्यो भन्ने प्रश्न समेत यादवलाई गर्नुभएको छ ।

ठाकुरले संसदीय दलको निर्णय वमोजम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यस विपरित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरियो भन्न पश्न समेत यादवलाई सोध्नुभएको छ ।ठाकुरले सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट लिएर गएकोमा समेत स्पष्टीकरण माग्नुभएको हो ।