May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

माधव नेपाल समूहले नयाँ पाटी खोल्ने, महासचिवमा रावल

काठमाडौं ।  नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेपछि नयाँ पाटी खोल्ने तयार गर्नुभएको हो ।

Advertisement

कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गर्नु भएको छ । उहाँले नयाँ दल खोल्न वाध्य पारिएको प्रतिक्रिया दिनुभएको छ । नेपाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ ।

पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ । नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी दिईने एक स्रोतले जनाएको छ । वरिष्ठ नेतामा झलनाथ खनाल हुनुहुनेछ ।

एक संचारमाध्यमा दिएको अन्तरर्वातामा नेता नेपालले भन्नुभएको छ ‘ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो शनिवार पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।’

‘प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र  ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।’

उहाँले भन्नुभयो लोकतन्त्र जोगाए मात्र कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने नेता नेपालको भनाई छ । ‘लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?’ उहाँले प्रश्न गर्नुभएको । उहाँले भन्नुभयो ‘हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ ।

विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु ’ ?लोकतन्त्र जोगाए मात्र कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने नेता नेपालको भनाई छ ।  ‘लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ? उहाँले प्रश्न समेत गर्नुभएको छ ।