May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ- कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले मध्यरात राष्ट्रपतिबाट प्रतिनिधिसभाका बुहमत सदस्यहरुको हस्ताक्षर सहित संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि पेश भएको प्रस्ताव लत्याएर राष्ट्रपतिले संविधानमाथिनै बलात्कार गरेको प्रतिक्रिया जनाएको छ ।

आजे प्रधानन्त्रीले संविधान विघटनगरी मध्यवधि निर्वाचन समेत घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको यो असंवैधानिक कदम दुवै जना मिलेर संविधानमाथि सामुहिक बलात्कार गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्, अहंकारको वृक्षमा विनाशको फल लाग्छ,सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले पनि बहुमत सदस्यहरुको हस्ताक्षर अस्विकार गरेर राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।

Advertisement