May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नेकपाबाट एउटा गुट अलग भयो : गृहमन्त्री रामबहादुर थापा ‘बादल’

काठमाडौँ- नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।

Advertisement

प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन ।नेकपाका सचिवालय सदस्य तथा ‘बादल’ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहमा खुलेका छन् ।

औपचारिक रूपमा बुधबार आफूनिकटका नेताहरूलाई बादलले आफू ओलीतिर खुलेको बताएका हुन् । पूर्वमाओवादी धारमा पनि बढ्तै क्रान्तिकारी छवि बनाएका बादलले दोस्रो पटक प्रचण्डसँग अलग्गियका छन । लामो समयदेखि बीच धारमा देखिएका बादल कहिले प्रचण्ड त कहिले ओलीलाई भेटिरहेका थिए । तर, दुवै पक्षलाई निर्णय भने सुनाएका थिएनन् ।

बादलले बुधबार पनि प्रचण्ड र ओलीसँग भेट गरेका थिए । बानेश्वरमा प्रचण्डसहितका नेतासँग छलफल गरेर बादल फेरि ओलीलाई भेट्न गएका थिए । र, अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन्।केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् ।

बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गुट अलग भएको’ बताएका हुन् । उनले यसमा प्रतिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहेको पनि बताएका छन् । वादलले भनेका छन्, ‘जनता दुःखित भएका छन् ।’