May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

अब चुनावमा दुई तिहाइ ल्याउनुपर्छ – प्रधानमन्त्री ओली

काठमाडौँ , ७ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बतायका छन ।

Advertisement

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताय ।बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पर्ने निर्देशन दियका छन ।

प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर काम गर्न केन्द्रीय सदस्यहरूलाई बतायको एक नेताले बताय ।उनले भने यसअघि गत आइतबार ओलीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्च अदालतमा ११ रिट दर्ता भएका छन्।

यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले पार्टीको केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगलाई दिएको छ ।

केन्द्रीय कमिटी बैठक चलिरहँदा आयोगमा केन्द्रीय कमिटी पुनर्गठनको सूचना पुगेको हो । पार्टीले विधान संशोधनलगायतका निर्णयहरु निर्वाचन आयोगलाई जानकारी दिइसकेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बतायका छन।