May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको हो : गृहमन्त्री थापा

काठमाडौं, १८ पुस । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताएका छन।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताएकाहुन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको बताए।

उनले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि औचित्य सकिएको बताए। सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि बताय ।

संसद विघटन राजनीतिक कू लाई रोक्न र प्रतिगमनलाई सरकारले शाहसिक कदम चालेको बताउदै उनले भने ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । कमरेडहरुको अडान पछि अव यो संसद स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो ।

यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो । एउटा संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम हो । राजनीतिक कु लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । यो ठूलो शासहिक कदम पनि हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ ।

यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो ।

त्यो प्रतिगमनलाई यसले रोक्यो । भविश्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्ने छ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

सरकारले चालेको कदम अदालगतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि गृहमन्त्री थापाले बताए । सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरुको कारण अहिलेको स्थितिमा आइपुग्नुपरेको बताए। पार्टी एकता गर्नु अघि देखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुको कारण नै फार्टी विभाजन हुन पुगेको बताए ।