May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

वागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं ।बागमती प्रदेशमा नेकपा संसदीय दल[ प्रचण्ड–माधव नेपाल] पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट पौडेललाई हटाई शाक्यलाई चयन गरेको हो । बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गर्दै डोरमणि पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने पनि निर्णय गरेको बतायिएको छ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदनमात्र गरेको बतायिएको छ। पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् ।

Advertisement