May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रचण्डलाई भेटन गय वामदेव,अब कित्ता स्पस्ट गर्लान ?

काठमाडौं। प्रचण्ड–नेपाल समूह र बामदेव गौतमबीच भेटवार्ता भएकोछ।

Advertisement

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड र नेपालले आफू समूहमा आउन गौतमलाई आग्रह गरेका थिए।उनलाई आफ्नो पक्षको बैठकमा आउनका लागि आग्रह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैंसेपाटीस्थित निवासमै पनि पुगेका थिए । गौतम प्रचण्डसँग छलफल गरेर निवास फर्किसकेका छन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि गौतम पहिलोपटक खुमलटार गएका हुन्। यसअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका थिए।

तर गौतमले आफू कुनै पनि समूहमा नलाग्ने भन्दै तटस्थ बस्दै आएका छन्। शनिबारको भेटमा पनि गौतमले आफू कुनै पनि समूहमा नलाग्ने अडान लिएको गौतम निकट स्रोतले जनाएको छ।गौतमलाई नवौं महाधिवेशनसम्म साथ दिँदै आएका किरण गुरुङ, रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल, भुपेन्द्र थापालगायतका नेताहरु भने अ‍ोलीतिर लागेका छन् ।

केशवलाल श्रेष्ठ, बलराम बास्कोटाहरु भने प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी भएका छन् । अब वामदेव दम्पतीले मात्र कित्ता प्रष्ट पार्न बाँकी छ ।शनिबार नौ बजे खुमलटार प्रवेश गरेका गौतम सवा दश बजे निस्किएका थिए। गौतमले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जबज पक्षधरलाई एकताबद्ध बनाउने बताउँदै आएका छन्।