May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज थप ८६७ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज थप ८ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९६ हजार ६ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ४२ जना रहेका छन ।

आज १ हजार १ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement