May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

शाहरुख खानका छोरा आर्यन् को जमानत याचिका पुनः खारेज

क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् ।

आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथीलाई एनसीबीले प्रकाउ गरेको छ । अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो ।आर्यनलाई एनसीबीले मुम्बइको एक क्रुज पार्टीबाट गिरफ्तार गरेको थियो ।

आर्यनमाथि ड्रग्स किनेको र सेवन गरेको आरोप लगाइएको छ । आर्यनको ह्वाट्सअप च्याटमा ड्रग्सको बिषयमा कुराकानी गरेको पाइएको एनसीबीको दाबी छ । तर, आर्यनका वकिलले भने उनको साथबाट ड्रग्स नभेटिएको, उनी क्रुज भित्र प्रवेश नै नगरेको, मेडिकल जाँचका क्रममा पनि उनले ड्रग्स सेवन गरेको नदेखिएकोले जमानत दिन आग्रह गरेका थिए ।

Advertisement