शाहरुख खानका छोरा आर्यन् को जमानत याचिका पुनः खारेज
क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ…