May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

आजदेखि फेरि भारी वर्षाको सम्भावना

दुई दिन केही मत्थर भएको वर्षा आज (आइतबार) देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वर्षाको मात्रा बढ्ने देखिएको छ । यस क्रममा कतिपय स्थानमा निकै ठूलो (धेरै भारी) वर्षा पनि हुने सम्भावना छ ।

आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताउनुभयो ।

त्यस्तै आज राती प्रदेश-१, प्रदेश-२ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।

Advertisement