May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढ्ने कांग्रेसको निर्णय

नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो।

Advertisement

‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि प्रकाशशरण महतले भने।

यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए।

देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतको आधार नदेखिएको जिकिर गर्दै दाबी खारेजी गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि सरकार बन्न नसकेर संसद विघटन भइ आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । तर सो निर्णय उपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । गठबन्धनका तर्फबाट १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् ।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।पछिल्लो समय राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि विपक्षी गठबन्धनले समाधन धारणा सार्वजनिक गर्दै आएको छ । ५ वटा राजनीतिक दलले केन्द्रदेखि जिल्ला सतहसम्म मोर्चा बन्दी बनाएको छ ।
लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।

पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए । केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका छन् । तर शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।