May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

ओलीको गृहजिल्ला मा नेपाल समुहको जिल्ला कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा झापामा नेपाल समुहको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो ।

जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति रहेको भनिएको उक्त कार्यक्रममा नेता नेपालसहित घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रविन कोइराला, नरेश खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उनीहरुले सम्बोधन गरेका थिए ।

Advertisement