May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

मुख्यमन्त्री गुरुङद्वारा अविश्वास प्रस्ताव छल्न मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएपछि सरकारले संसद अधिवेसन अन्त्य गरिदिएको हो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको थियो।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ।

५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । सो प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ । तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिएमा एमालेको सरकार ढल्ने भएको छ। मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चाहिन्छ।कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका २ र जसपाका दुई सांसद मुख्यमन्त्रीगुरूङ विरूद्ध उभिएका छन्।