May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

ओलीद्वारा राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास ( संयुक्त विज्ञप्ती )

काठमाडौं ।नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरु संयुक्त विज्ञप्ती निकाल्दै अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कदमको विरोध गरेका छन् ।

Advertisement

हिजो बसेको माधव नेपाल पक्षधर स्थायी कमिटीहरु सदस्यहरुले पार्टीको नवौं महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धती मिच्दै अध्यक्ष ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भैरहेको जनाएका छन् । उनीहरुले ओलीबाट राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको पनि निश्कर्ष निकालेका छन् ।


शुक्रबार साँझ निकालेको विज्ञप्तीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरिएको छ।अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरुले यस्तो अपिल गरेका हुन् ।

nepal-team-Joint-Statement-2077-12-20