May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज देखि रु रु जलुविद्युतको आइपीओ बिक्री खुला

काठमाडौं : रु रु जलुविद्युत परियोजनाको आइपीओ आज चैत २० गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो ।

Advertisement

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्नेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।