May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

एकैपटक ६ वटा कम्पनीको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, कसकाे कति?

नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माघ ९ गते आइतबार बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

Advertisement

बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

यस्तै जाल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।