May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? – रामचन्द्र पौडेल

इटहरी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरवहादुर देउवा प्रति आक्रोशित बनेका छन् । आइतबार बिहान नेपाल प्रेस सुनसरीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी बन्नुमा देउवाको हात रहेको बताए साथै पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन्।

Advertisement

केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए। त्यसतर्फ लक्षित गर्दै पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? यो त त्यसै हुन्छ।

पार्टीको संकल्प र निर्णयले हुन्छ, पैसाले गर्ने होइन।’उनले पार्टी निर्णयबाट आन्दोलन गर्ने हो पनि भनेका छन्। ‘पार्टीले आह्वान गर्ने हो। कार्यकर्ता र जनता जम्मा हुन्छन्। लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्। निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो।’ उनले देउवाको कारणले गर्दा प्रधानमन्त्री ओलीलाई अधिनायवादी बन्न फाइदा पुगेको बताए ।

नेता पौडेलले प्रधामन्त्री ओलीले शनिवार विराटनगरमा बोलेका कुराहरुप्रति पनि आपत्ति जनाएका छन साथै उनले ओलीलिे हिजो बोलेको अभिव्यक्ति काँग्रेसले प्रतिवाद गर्नुपर्ने बताएका छन् । उनले भने – ‘अदालतले आफ्नो पक्षमा फैसला गरेन भने आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रतिपक्षीले स्पष्ट धारणा नराख्दा ओलीलाई यतिसम्म दुस्साहस आयो, यो घोर आपत्तिजनक छ।’