May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली समुहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको थियो।

यसअघि जसपाकै केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

Advertisement