May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

ओली समूहमा प्रवेश गरे जसपा नेता एवं पूर्वसांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए ।

मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने । महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद रहेका थिय। २०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भयका थिय।

Advertisement