May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्।

Advertisement

भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ।प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ।

प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसेको छ।

प्रहरीले कुन्द्रा विरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमाणसमेत भएको जनाएको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। प्रहरीले यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने बताएको छ।

समाचार अनुसार गत साता नौ व्यक्तिहरुमाथि कलाकारहरुलाई पोर्न फिल्मका लागि नग्न दृष्यहरु सुट गर्न दवाव दिएको भन्दै दुईवटा एफआइआर दायर भएका थिए । यी फिल्महरु विभिन्न मोइबाइ एप्लिकेसनमार्फत सशुल्क बेच्ने गरिएको दावी एपआइआरमा गरिएको छ ।

मोडल पुनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुमािथ बम्बे उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । कुन्द्रासँग आफ्नो सम्झौताको म्याद सकिए पनि कुन्द्राले आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् । राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ ।  मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।

मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई पक्राउ गरिएको हो । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी पाइएको छ ।