May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

हरेक हप्ता यसरी रिलिज हुन्थे पोर्न फिल्म, जाँचमा भए कैयौं नयाँ खुलासा

पोर्नोग्राफिक कन्टेन्ट बनाएको अभियोगमा गिरफ्तार भएका व्यवसायी राज कुन्द्राका विषयमा अब कैयौं नयाँ खुलासा भएका छन् । पछिल्लो जानकारी अनुसार राज कुन्द्रा एक यस्तो ह्वाट्सएप ग्रुपका सदस्य थिए जसमा पोर्न फिल्मसँग सम्बन्धित पूरै व्यवसायका बारेमा चर्चा हुन्थ्यो । यो ह्वाट्सएप ग्रुपको नाम एच अकाउन्ट हो । यसमा राज कुन्द्रासहित अन्य ५ नामी व्यक्तिहरु पनि थिए ।

Advertisement

यी सबैजना पोर्नोग्राफिक कन्टेन्ट बनाउने व्यवसायमा सहभागी थिए । यी व्यक्तिहरुको ह्वाट्सएप च्याट पनि सार्वजनिक भएको छ जसमा राज कुन्द्रा यो व्यवसायको मार्केटिङ, सेल्स र मोडललाई दिनुपर्ने पैसाजस्ता विषयमा कुरा गरिरहेका छन् । उनले कसरी रिभेन्युमा केन्द्रित हुने, मोडलहरुलाई कसरी पैसा दिने र कसरी व्यवसायको रेभेन्युलाई बढाउने भन्ने विषयमा पनि उनले कुरा गरेका छन् ।

मुम्बइ पुलिसको क्राइम ब्रान्चले गएराती फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरेको थियो । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा केस दर्ता गरिएको थियो । उनीमाथि पोर्नोग्राफिक कन्टेन्ट बनाउने र त्यसलाई मोवाइल एपमा प्रकाशित गर्ने व्यवसायमा संलग्न भएको आरोप छ । जानकारीका अनुसार यो पूरै मामिलामा अहिलेसम्म ६ गिरफ्तारी भइसकेको छ ।

मुम्बइ पुलिसले राज कुन्द्राविरुद्ध कैयौं प्रमाण भेटिएको दावी गरेको छ । सोमबार राती करिब ९ बजे क्राइम ब्रान्चको अफिस भायखाला पुगेका राज कुन्द्रालाई २ घण्टा सोधपुछपछि पुलिसले गिरफ्तार गरेको थियो । बिहान ४ बजे मेडिकल परीक्षणका लागि जेजे अस्पताल लगेपछि मुम्बइ पुलिस कमिश्नरको कार्यालय लगिएको थियो ।

अश्लील फिल्म बनाएर तिनीहरुलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोपमा पुलिसले कैयौं अहम सुराग भेटेको छ । मुम्बइ पुलिसका अनुसार फिल्म उद्योगमा काम खोज्दै मुम्बइ आएका युवतीहरुलाई ठूलो फिल्ममा रोल दिने लोभमा फसाइन्थ्यो । हरेक हप्ता अश्लील फिल्म रिलिज गरिन्थ्यो । फिल्म बनाएपछि एप र ओटिटी प्लेटफर्ममा रिलिज गरेर लाखौं कमाइन्थ्यो ।

फिल्म बनाउन मुम्बइको मलाड वेस्टमा एउटा बंगला भाडामा लिइएको थियो । जतिबेला यो बंगलामा छापा मारियो त्यतिबेला पनि यो बंगलामा अश्लील फिल्मको सुटिङ भइरहेको थियो । मुम्बइ पुलिसका अनुसार अश्लील फिल्म रिलिज गर्नको लागि हटशट नामको एप बनाइएको थियो ।