May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

बैंकले घटाए निक्षेपको ब्याज, कुन बैंककाे अधिकतम ब्याजदर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् ।

Advertisement

बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका हुन्। दशैं लगत्तै बैंकहरुले अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए।

जथाभावी ब्याजदर बढाउन थालेपछि केन्द्रिय बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने गरी कडाई गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका हुन्। कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् ।

नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् । संशोधनपश्चात अधिकांश बैंकहरुको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन्। सो आधारमा अहिले बैंकहरुको अधिकतम ब्याजदर ९.४१ प्रतिशत पुगेको छ।

कुन बैंकको अधिकतम ब्याजदर कति?