May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बैंक अफ काठमाण्डूले ल्यायो ‘डलर प्रिपेड कार्ड’, वार्षिक ५ सय डलरको खरिद गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ईकम प्रिपेड कार्ड सेवा’ सुरु गरेको छ।

Advertisement

यस सुविधाअन्तर्गत बीओकेका ग्राहकहरुले वार्षिक पाँच सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सेवा प्रयोग गर्ने ग्राहकले भारत बाहेक अन्य देशहरुको इ–कमर्स साइटहरुबाट एकपटक वा पटकपटक गरी पाँच सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा लिँदा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

सो प्रिपेड कार्ड बीओकेको कुनैपनि शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकका कार्ड तथा प्राविधिक सेवा विभागका प्रमुख अमर राजभण्डारीले बताए ।

बैंकले हाल ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आइरहेको जनाएको छ ।