May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बैंक अफ काठमाडौंले बोलायो विशेष साधारणसभा, मुख्य एजेन्डा के–के ?

काठमाण्डौ । बैंक अफ काठमाडौंले विशेष साधारणसभा बोलाएको छ ।

Advertisement

बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले आउँदो ३ चैतमा विशेष साधारणसभा राख्ने निर्णय गरेको हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सो साधारण सभा आयोजना गरिनेछ ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकका निर्वाचन गर्नेछ ।

यसैगरी विशेष प्रस्तावहरुमा संशोधन गर्न नियामक नपाल राष्ट्र बैंकबाट निर्देशन भएमा आवश्यक सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनका लागि बैंकले यही फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्नेछ । यसको अर्थ फागुन २२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुनेछन् ।