April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

श्रीराम सुगर मिल्सले चैत भित्र उखु किसानको पैसा तिर्ने

काठमाडौं । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानहरुको बक्यौता रहेको रकम चैत मसान्तभित्र लिन आउन आह्वान गरेको छ । गत ११ साउनमा गोल्छा समूहले एक सूचना जारी गर्दै महमदपुर, गरुडामा रहेको सो चिनि मिल वाध्यात्मक परिस्थितिका कारण भन्दै स्थायी रुपमा बन्द गरेको थियो ।

Advertisement

मिल बन्द भएपछि आफ्नो बक्यौता रकमको बारेमा अन्योलमा रहेका किसानहरुलाई पछिल्लो समय मिलले विभिन्न चरणमा गरेर ३७ करोड रकम भुक्तानी दिएको छ । हाल मिलले ३ करोड २३ लाख ७५ हजार चार सय १६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हुँदा बक्यौता रकम भुक्तान गर्न श्रीराम सुगर मिल्स संचालक पक्षले चैत्र मसान्त भित्र आफ्नो बाँकी रहेको रकमको भुक्तानी लिन आउन आह्वान गरेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु उत्पादक संघबीच भएको सहमति अनुसार बक्यौता भुक्तानी दिने निर्णय भएको यादवले बताएका छन् ।

बक्यौता रकम भुक्तानी लिन चैत्र मसान्तभित्र समय दिइएको छ । सो समयमा आउन नसक्ने कृषकले आर्थिक वर्ष २०७७÷७८ मसान्तसम्म दाबी गर्न सकिने निर्णय भएको हो ।

समयमा भुक्तानी लिन आउन नसकेका किसानहरुको हकमा पछि आएमा उक्त रकम अरुलाई भुक्तानी नदिने गरी जिल्ला प्रशासन कार्यालय रौतहटले बैँक खाता रोक्का राख्ने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिएका छन् ।