May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

ग्लोबल आइएमइ बैंकले जारी गर्यो ३ अर्बको ऋणपत्र, ब्याज दर साढे ८ प्रतिशत

काठमाडौं। ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजको ऋणपत्र जारी गरेको हो ।

Advertisement

ऋणपत्र आर्थिक वर्ष ०८६÷८७ मा परिपक्व हुनेछ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाखकित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म हुने छ ।

बैंकले यसअघि आर्थिक वर्ष २०८०÷८१ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। त्यो ऋणपत्रको आकार डेढ अर्ब रुपैयाँको थियो । त्यसको ब्याज भने सवा १० प्रतिशत थियो ।